साढे २७ लाख ठगी गर्ने कार्यमा संलग्न पक्राउ
काठमाडाैं | कात्तिक २६, २०८१
काठमाडौँः सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिन भन्दै रु २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पक्राउ परेका सुजनसमेतका व्यक्तिले अनलाइनमार्फत सस्तो मुल्यमा ल्यापटप उपलब्ध गराइदिने भनि विश्वास दिलाइ पीडितलाई ४० थान ल्यापटप बराबरको रु २७ लाख ६० हजार रकम लिइ ल्यापटप नदिइ ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिमध्येका सुजनलाई काठमाडौँको ठमेल नर्सिङचोकबाट पक्राउ गरिएको हो ।”
निजलाई ठगी सम्वन्धी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

